प्रचण्ड र माधव नेपालले पोखरामा सम्बोधन गर्ने
पोखरा । पार्टी विभाजनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने भएका छन् । प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेलालाई सम्बेधन गर्न उनीहरु मंगलबार पोखरा आउन लागेका हुन् ।
अध्यक्षद्वयसहित पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पार्टी भेलामा सामेल हुने छन् । बिहान ८ बजे अध्यक्षद्वय पोखरा आइपुग्ने कार्यक्रम रहेको छ । पोखरा ११ शितलादेविस्थित एसआर केसी बैंक्युटमा ११ बजेदेखि कार्यक्रम सुरु हुने समयतालिका रहेको पार्टीका कास्की अध्यक्ष राजकाजी गुरुङले जानकारी दिए ।
यसअघि प्रचण्ड नेपाल पक्षका नेता योगेश भट्टराई र देवेन्द्र पौडेलले पनि कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए । पछिल्ला दिन गण्डकीमा प्रचण्ड–नेपाल र ओली दुवै पक्षको भेला तथा कार्यक्रम बाक्लै हुन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण