अनुष्का शर्माले छोरी जन्माएको जानकारी दिँदै विराटले भने, ‘यतिबेला हाम्रो गोपनियताको सम्मान गरिदिनुस्’
मङ्गलबार, २८ पुस २०७७, ०६ : १४
बलिउड नायिका अनुष्का शर्माले सोमबार अपरान्ह छोरीलाई जन्म दिएकी छिन् । उनले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा छोरी जन्माएकी हुन् । उनका श्रीमान् तथा भारतीय क्रिकेट खिलाडी विराट कोहलीले आफ्नो सोसल मिडियामार्फत् यसबारे जानकारी दिएका हुन् ।
यसबारे जानकारी दिँदै उनले लेखे, ‘आज दिउँसो हाम्रो छोरी जन्मिएको जानकारी दिन पाउँदा हामी अत्यधिक खुसी भएका छौं । तपाईंहरुको प्रेम र मंगल कामनाका लागि हामी अत्यन्त आभारी छौं । अनुष्का र हाम्री छोरी दुबै ठिक छौं र हामीले हाम्रो जीवनको यो नयाँ अध्याय अनुभव गर्ने मौका पायौं, यो हाम्रो सौभाग्य हो । हामीलाई आशा छ, यतिबेला तपाईंहरुले हाम्रो गोपनियताको सम्मान गरिदिनु हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण