बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ हजार नाघ्यो
लण्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप एक हजार २४३ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । उक्त मृतक संख्या बेलायतमा कोरोनाको महामारी शुरु भएयताको दोस्रो सबैभन्दा बढी हो ।
यसघि गत शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी एक हजार ३२५ जनाको मृत्यु भएको थियो । एकैदिनमा धेरै मृत्यु भएको यो नै सबैभन्दा बढी संख्या हो । यसघि कोरोना संक्रमणको पहिलो लहरको बेला गत अप्रिल २१ मा एक हजार २२४ जनाको मृत्यु भएको थियो । मंगलबार सार्वजनिक तथ्याँक अनुसार हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८३ हजार २०३ पुगेको छ । एकसाताभित्र बेलायतमा छ हजार ८९८ जनाको मृत्यु भएको छ ।
यसैगरि पछिल्लो २४ घन्टामा थप ४५ हजार ५३३ जना नयां संक्रमित थपिएका छन् । बेलायतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ३१ लाख ६४ हजार ५१ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । एकहप्तामा मात्र झन्डै तीन लाख ९० हजार नयाँ संक्रमित थपिएका छन् । हाल बेलायतका अस्पतालमा ३५ हजारभन्दा बढी कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये तीन हजार ३६३ जनालाई भेन्टिलेटर बेडमा राखिएको छ ।
बेलायतमा कोरोना संक्रमण दर अत्यधिक रुपमा बढेपछि फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ । मंगलबारसम्ममा २८ लाख ४३ हजार ८१५ जनालाई खोप वितरण गरिसकिएको स्वास्थ्य विभागले जनाएको छ । जसमध्ये चार लाख १२ हजार १६७ जनाले खोपको दोस्रो अर्थात अन्तिम डोज लिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण