कोरोना नियन्त्रणका लागि चीनका चार शहरमा लकडाउन
एजेन्सी । चारवटा शहरमा लकडाउन, ठूलो परिमाणमा परीक्षण र संक्रमण रोक्ने प्रयासस्वरुप अन्य उपाय अपनाइए पनि चीनमा पछिल्ला पाँच महिनायता दैनिक कोरोना भाइरस संक्रमणमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ । धेरैजसो नयाँ बिरामीहरु राजधानी बेइजिङ नजिकै भेटिएका छन् । यद्यपि, उत्तरपूर्वी चीनको प्रान्तमा पनि नयाँ संक्रमण वृद्धी भएको देखिएको छ । भाइरसको अर्को लहर आउनसक्ने भयपछि चीनमा २ करोड ८० लाखभन्दा धेरै जनसंख्या होम क्वारेन्टाइनमा छन् ।
नेशनल हेल्थ कमिसनकाअनुसार मेनल्यान्ड चाइनामा कुल १ सय १५ वटा नयाँ संक्रमणका घटना देखिएका छन् । ३० जुलाईपछि सर्वाधिक यति धेरै संक्रमित देखिएको यो पहिलोपटक हो । कमिसनका अनुसार नयाँ संक्रमणमध्ये १ सय ७ वटा घटना स्थानीय संक्रमणका हुन् । बेइजिङ नजिकैको हिवेई प्रान्तमा ९० र हेइलङजियाङ प्रान्तमा १६ वटा नयाँ केश दर्ज भएका छन् ।
विश्व स्वास्थ संगठनका अनुसन्धानकर्ताहरुको टोली कोरोनाको उद्गम थलो खोज्ने क्रममा चीनको उहान सहर आउने तय भएका बेला संक्रमितहरुको संख्या पनि बढ्दै गएको हो । उहानमा २०१९ मा पहिलोपटक कोभिड १९ देखिएको थियो ।
रोकथामको उपाय
हिवेईस्थित तीन शहरहरु सिजियाजुआङ, सिङताई र ल्याङफाङ लकडाउनमा छन् । भाइरसलाई थप फैलनबाट रोक्नका लागि शहरलाई लकडाउन गरिएको हा । हेइलोङजियाङ प्राप्तमा बुधबार कोभिड १९ आपतकाल घोषणा भएको छ । सुईहुवा शहरमा ५२ लाख जनसंख्या लकडाउनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण