स्वास्थ्य र शिक्षा क्षेत्रमा मकवानपुरले फड्को मारेको छः मुख्यमन्त्री पौडेल
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्य र बताएका छन् । आज हेटौँडामा मकवानपुर सहकारी अस्पतालले शुरु गरेको सघन उपचार कक्ष (आइसियु) को उद्घाटन गर्दै उनले सरकारी अस्पतालमा सघन उपचार कक्षको सञ्चालन भएको एक महिनाभित्रै सहकारीमार्फत सञ्चालित अस्पतालले पनि सुविधासम्पन्न सघन उपचार केन्द्र तथा ट्रमा सेन्टरसमेत सञ्चालन गरेर स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताए ।
मुख्यमन्त्री पौडेलले अबका दिनमा वाग्मती प्रदेशको राजधानी हेटौँडामा जटिलभन्दा जटिल स्वास्थ्य समस्याको उपचार हुने वातावरण बन्दै गएको उल्लेख गर्दै जिल्लामा भएका सबै स्वास्थ्य संस्थाले समन्वय गरेर ज्ञान, अनुभवको आदानप्रदान तथा सहकार्य गरी गुणस्तरीय सेवा प्रवाह गर्न सके राम्रो हुने धारणा व्यक्त गरे ।
उनले जिल्लामा हाल विभिन्न अस्पतालमा गरी आइसियु, सिसियु, भेन्टिलेटरसहित ३५० श्ययाभन्दा बढी सञ्चालनमा रहेको बताउँदै यहाँ सञ्चालित अस्पतालले प्रदेशका अन्य जिल्ला तथा प्रदेश नं २ का विभिन्न क्षेत्रका नागरिकलाई समेत सेवा प्रवाह गरेको बताए ।
हेटौँडामा केही वर्ष अघिदेखि सञ्चालित मकवानपुर सहकारी अस्पतालले आफ्नो सेवा विस्तार गरेको हो । सुनौलो भविष्य स्वास्थ्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित मकवानपुर सहकारी अस्पतालले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा नयाँ भवनमा सात श्ययाको सघन उपचार कक्ष, तीन श्ययाको पिआइसियु र एउटा साधारण आइसियु कक्ष स्थापना गरेको छ । अस्पतालले हाडजोर्नीसम्बन्धी स्वास्थ्य उपचारका लागि सुविधा सम्पन्न ट्रमा सेन्टरसमेत स्थापना गरेर काम शुरु गरेको मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण