विराट–अनुष्काको फोटोग्राफरलाई अपिलः ‘हाम्री छोरीको तस्बिर नखिचिदिनुहोस्’
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड नायिका अनुष्का शर्माको परिवारमा ११ जनवरीमा अर्की एक सदस्य थपिएकी छिन् । अनुष्का शर्माले छोरीलाई जन्म दिएकी छिन् । यसको जानकारी विराटले सोसल मिडियामा जानकारी दिएका छन् । पहिला पनि नीजि जीवनमा मिडियालाई दखल नदिन अपिल गरिसकेका विराट–अनुष्काले अब फोटोग्राफरसँग उनकी छोरीको तस्बिर नखिच्न अपिल गरेका छन् ।
विराट–अनुष्काले उनकी छोरीको तस्बिर क्लिक नगर्न र उनीसँग सम्बन्धित कुनै पनि सामग्री कभर नगरिदिन अपिल गरेका छन् । विराट अनुष्काले एउटा नोट पठाएर फोटोग्राफर समुदायसँग यस्तो अपिल गरेका छन् ।
यो नोटमा सेलिब्रिटी कपलले लेखे, ‘धन्यवाद त्यो प्रेमका लागि जुन तपाईंहरुरले यत्तिका वर्षसम्म दिनुभयो । हामी तपाईंसँग यो खुसीयाली पलको उत्सव मनाउन पाउँदा निकै खुसी छौं ।’
उनीहरुले लेखे, ‘आमा–बुवा भएको नाताले हामी तपाईंहलाई एउटा सानो अपिल गर्न चाहन्छौं । हामी आफ्नी छोरीको गोपनियताको रक्षा गर्न चाहन्छौं र हामी यसमा तपाईंहरुको मद्दत र समर्थन चाहन्छौं ।’
नोटमा भनिएको छ, ‘तपाईंहरुले सधैं त्यस्तो विषयवस्तु पाउनुहोस् जसमा तपाईंहरुे हामीलाई संसारसामू देखाउन सक्नुहोस् भन्ने आशा गर्छौं । कृपया, तपाईंहरु कुनै पनि विषयवस्तु नलिनुहोस् जसमा हाम्री छोरीलाई देखाइएको होस् ।’
‘तपाईंहरुले यो कुरा बुझ्नुहुनेछ भन्ने कुरा आशा गरेका छौं र हामी यो कुराका लागि आभारी पनि छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण