प्रचण्ड-माधव पक्षको स्थायी समिति बैठकः संसद विघटन विरुद्धको आन्दोलन प्रभावकारी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्धको आन्दोलन प्रभावकारी हुँदै गएको निश्कर्ष निकालेको छ । बैठकले आन्दोलनलाई अझ प्रभावकारी बनाउन थप रणनीति तय गर्ने नेताहरुले बताएका छन् । बिहीबारबाट पेरिसडाँडामा सुरु भएको बैठकमा भएको छलफलले यस्तो निश्कर्ष निकालेको हो ।
बैठपछि नेता रघुजी पन्तले अहिलेसम्म भएका संघर्षका कार्यक्रमको समीक्षा गर्दै भावी आन्दोलनका बारेमा बैठकमा छलफल भएको जानकारी दिए । उनले अहिलेसम्मको आन्दोलन प्रभावकारी भएको भन्दै अझै प्रभावशाली बनाउन पहल गर्ने निर्णय भएको बताए । ‘यो आन्दोलन नेकपाको मात्रै नभएर साझा आन्दोलनका रुपमा अघि बढेको हामीले मूल्याँकन गरेका छौ । यो आन्दोलन अझै अघि बढ्छ ।
आमनागरिक, बुद्धिजीवी, न्यायपालिकादेखि बुद्धिजीवीसम्मको सरोकारको विषय हो’ नेता पन्तको भनाई छ । उनले यो आन्दोलनले संविधान, लोकतन्त्र जोगाउँदै मुलुकको डिरेल हुन लागेको राजनीतिलाई ट्रयाकमा ल्याएरमात्रै विश्राम लिने बताए । बिहीबारको बैठकमा नेकपाका प्रदेश इन्चार्जहरुले आन्दोलनका विषयमा रिपोटिङ गरेका थिए ।
त्यस्तै बैठकमा भावी संघर्षका कार्यक्रम कस्ता बनाउने ? भन्ने विषयमा छलफल सुरु भएपनि निर्णयमा पुगिनसकेको नेकपाले जनाएको छ । ‘जारी भएकाले अबका कार्यक्रम कस्ता बन्छन् भन्ने बैठक सकिएपछि थाहा हुन्छ’ पन्तले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण