बाइडेनको सपथ समारोहमा लेडी गागा र जोनिफरको प्रस्तुति रहने
एजेन्सी । अमेरिकी नवनिर्वाचि राष्ट्रपति जो बाइडेनको सपथ समारोहमा सुरक्षा व्यवस्था कडा पारिने भएको छ । सुरक्षा व्यवस्थाका लागि हज्जारौं नेशनल गार्डका जवानहरु तैनाथ गर्ने तयारी गरिएको छ । समाचार एजेन्सी रोयर्टसका अनुसार ट्रम्प समर्थकहरुले कुनै आक्रमण गर्न सक्ने आंकलन गर्दै सुरक्षा व्यवस्था कडा गरिएको हो । त्यसका लागि सुरक्षाका थुप्रै घेरा बनाइएको जनाइएको छ ।
ट्रम्पमाथि दोश्रोपटक महाअभियोग लगाइएपछि उनका समर्थकहरु हिंस्रक हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बाइडेनको सपथ समारोहमा सुरक्षा व्यवस्था कडा पार्नुपरेको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन् । त्यसका लागि संसद भवन वरिपरि तारबार लगाउने लगायतका कामहरु भैरहेका छन् । त्यहाँ लागि नेशनल गार्डका थुप्रै जवानहरु तैनाथ गरिएको जनाइएको छ ।
सपथ समारोहमा लेडी गागा र जोनिफरको प्रस्तुति
बाइडेनको सपथ ग्रहण समारोहमा लेडी गागा र जोनिफर लोपेजले आफ्नो सांगितिक प्रस्तुति दिने छन् । समाचार एजेन्सी एपीका अनुसार जनवरी २० मा हुने सो सपथ समारोहमा लेडी गागाले अमेरिकी राष्ट्रिय गान गाउनेछिन् भने लोपेजले आफ्नो सांगितिक प्रस्तुति दिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण