विप्लव समूहका नेता धर्मेन्द्रसहित तीन जनालाई अदालतमा पेश गरिने, रखालको शरीरमा नील डाम
काठमाडौं । प्रहरीले पक्राउ गरेका नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव समूह’का नेता धर्मेन्द्र बास्तोलासहितका नेताहरुलाई कानुनविदहरुले भेटेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएका वास्तोलासहितका नेताहरुलाई शुक्रबार बिहान सरोकारवालाहरुले भेटेका हुन् ।
नेपाल बार एसोशिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, नेपाल बारका केन्द्रीय सदस्यद्वय अधिवक्ताहरु खिमानन्द अधिकारी र प्रकाश महर्जन तथा सर्वोच्च अदालत वार एशोसिएसनका सदस्य अधिवक्ता कपिलचन्द्र पोखरेल सहितले परिसरमा पुगेर उनीहरुलाई भेटेका हुन् । पक्राउ परेकाहरुको शरीरमा नील डाम र चोट देखिएको भेट्न गएका एक सदस्यले बताए ।
विप्लव समूहका केन्द्रीय सचिवालय सदस्य बास्तोलासहित नेताहरु विवेक कुमल र अर्का राजन रखाललाई प्रहरीले राजनीतिक प्रशिक्षणका क्रममा बुधबार पक्राउ गरेको थियो । त्यसक्रममा प्रहरीले एक थान ल्यापटप, आइफोन २ थान र केही नगद समेत नियन्त्रणमा लिएको थियो । उनीहरुलाई आजै अदालत पेश गर्ने तयारी गरेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण