पेरिसडाँडामा प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक जारी
शुक्रबार, ०२ माघ २०७७, १२ : ३३
काठमाडौं । प्रतिगमनविरोधी आन्दोलन सशक्त पार्ने कार्यक्रमहरु तय गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षको स्थायी कमिटी बैठक जारी छ । ११ बजेपछि कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडमा सुरु भएको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने र माधव नेपाल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने नेताहरुले बताएका छन् ।
बैठक आजै सक्ने तयारी रहेपनि छलफलका आधारमा निर्णय हुने नेताहरुले बताएका छन् । पुस ५ गतेको प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने निर्णयविरूद्ध अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपा लगातार आन्दोलनमा छ । आन्दोलनलाई थप प्रभाकारी र शसक्त बनाउन बैठकले निर्णय गर्ने तयारी गरेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण