बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पेरिसडाँडामा प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक जारी

शुक्रबार, ०२ माघ २०७७, १२ : ३३
शुक्रबार, ०२ माघ २०७७

काठमाडौं । प्रतिगमनविरोधी आन्दोलन सशक्त पार्ने कार्यक्रमहरु तय गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षको स्थायी कमिटी बैठक जारी छ ।  ११ बजेपछि कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडमा सुरु भएको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने र माधव नेपाल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने नेताहरुले बताएका छन् । 

बैठक आजै सक्ने तयारी रहेपनि छलफलका आधारमा निर्णय हुने नेताहरुले बताएका छन् । पुस ५ गतेको प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने निर्णयविरूद्ध अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपा लगातार आन्दोलनमा छ । आन्दोलनलाई थप प्रभाकारी र शसक्त बनाउन बैठकले निर्णय गर्ने तयारी गरेको बुझिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप