कंगना रनौतमाथि चोरीको आरोप
बलिउडकी क्विन भनिने कंगना रनौतको विवादसँग पुरानो नाता छ । पछिल्ला दिनमा उनी कुनै न कुनै कारणले मानिसहरुको निशानामा आइरहन्छिन् । हालै कंगनाले फिल्म मणिकर्णिकाको दोस्रो भागको घोषणा गरेकी थिइन् । उनले नयाँ फिल्मको टाइटल ‘मर्णिकर्णिका रिटर्न – द लेजेन्ड अफ दिद्दा’ हुनेछ । तर कंगनामा अब फिल्मको कहानी चोरी गरेको आरोप लागेको छ । लेखक आशिष कौलले कंगनामा उनको कथा चोरेको आरोप लगाएका छन् ।
आशिष कौलले नवभारत टाइम्ससँगको अन्तर्वार्तामा यसबारे खुलासा गर्दै कंगनाले आफ्नो कहानी चोरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘म आफूमाथि भएको गलत कुराका लागि लड्छु । आफूमाथि भएको शोषणका लागि मेरो लडाईं चलिरहेको छ ।’
हमारा भारतवर्ष साक्षी रहा है झाँसी की रानी जैसे कई वीरांगनाओं की कहानी का. ऐसी ही एक और अनकही वीरगाथा है कश्मीर की एक रानी की, जिसने महमूद गजनवी को एक नहीं, दो बार हराया. ले कर आ रहे हैं @KamalJain_TheKJ और मैं, #ManikarnikaReturns: The Legend of Didda 🙏 pic.twitter.com/sgrqkqilj6
— Kangana Ranaut (@KanganaTeam) January 14, 2021
आशिष कौलको दाबी अनुसार उनको बुक ‘दिद्दाः द वारियर क्विन अफ कश्मिर’ को अंग्रेजी संस्करण आइसकेको छ । उनी भन्छन्, ‘मसँग कपिराइट छ र उनी यस्तो कसरी गर्न सक्छिन् । लकडाउनका बेला मैले कंगनासँग किताबको हिन्दी संस्करणका लागि सम्पर्क गरेको थिएँ । मैले आफ्नो बुकका लागि कंगनालाई हिन्दी संस्करणको मेल पठाएको थिएँ तर उनको कुनै उत्तर आएको थिएन ।
आशिषले थपेका छन्, ‘अब कंगनाले अचानक फिल्मको घोषणा गरेकी छिन् । तर यो कहानीमा मेरो कपिराइट छ । दिद्दा लोहार राजकुमारी थिइन् जो अब जम्मूमा बस्छिन् । फिल्मको विषयमा मेरो रिलायन्स इन्टरटेनमेन्टसँ कुरा भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण