माल्दिभ्समा मस्त सारा, सामाजिक सञ्जालमा फोटो बन्यो भाइरल
एजेन्सी । सारा अली खान माल्दिभ्समा घुमघाममा मस्त छिन् । त्यहाँ पुग्नासाथ उनले आफ्ना फ्यानहरुका लागि सुन्दर तस्बिरहरु शेयर गरेकी छिन् । लकडाउन समाप्तीपछि बलिउड सेलिब्रेटीहरु माल्दिभ्स आवतजावत गर्ने क्रम बढेको छ । साराको नयाँ तस्बिरहरुलाई फ्यानहरुले पनि निकै मन पराइरहेका छन् । सारा अली खानको इन्स्टाग्राममा २ करोड ९९ लाख फलोअर्स छन् । उनी समय–समयमा आफ्ना तस्बिर र भिडियोहरु शेयर गर्छिन् ।
मुम्बईमा घेरे समर्थकहरुले
यसअघि २५ वर्षीया सारा आफ्ना भाई इब्राहिमसँग मुम्बईमा डिनर गरेर फर्कदैं गरेको अवस्थामा भेटिएकी थिइन् । उनलाई देख्नासाथ समर्थकहरु वरपर झुम्मिए । त्यसपछि सारा आफ्ना भाईको सुरक्षालाई लिएर चिन्तित भएकी थिइन् । पछिल्ला दिनमा सारा आनन्द एल रायको फिल्म ‘अतरंगी रे’ मा अक्षयकुमार र धुनषसँगै देखिदैंछिन् । यसअघि उनी ‘कुली नम्बर वान’ मा वरुण धवनसँग देखिएकी थिइन् ।

कोलम्बिया विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन सकेपछि साराले सन् २०१८ मा केदारनाथ फिल्ममार्फत बलिउड डेब्यु गरेकी थिइन् । त्यसपछि यही वर्ष सिम्बा प्रदर्शनमा आयो । दुबै फिल्म व्यवसायिक रुपमा सफल भए । साराको अभिनयको पनि निकै प्रसंशा भयो । उनले यसवर्ष उत्कृष्ट अभिनेत्रीका लागि फिल्ममेयर अवार्ड पाइन् । २०१९ मा फोब्र्सले जारी गरेको सेलिब्रेटी १०० को सुचीमा साराको नाम पनि समावेश थियो ।
अभिनेता सैफ अली खान र अभिनेत्री अमृता सिंहकी छोरी हुन्, सारा । साराका हजुरबुबा मन्सुर अली खान पतौडीका मानार्थ राजा तथा भारतीय क्रिकेट टिमका कप्तान थिए । हजुरआमा शर्मिला टैगोर पनि आफ्नो जमानाकी चर्चित अभिनेत्री हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण