मिस नेवा: फागुनमा छानिने
बुधबार, ०७ माघ २०७७, १४ : ११
काठमाडौं । नेवार समुदायका युवतीहरुको सहभागिता रहने सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ ले यस वर्ष पनि निरन्तरता पाउने भएको छ । आयोजक नेप्लिज फेशन होमले प्रतियोगिता आगामी फागुन ७ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जानकारी गराएको छ ।
अहिले आयोजना हुन लागेको मिस नेवाः नेपालको १५ औं संस्करण हो । यो संस्करणमा १५ जना नेवार सुन्दरीहरु अन्तिम प्रतिस्पर्धामा भिड्दैछन् । उनीहरुले विभिन्न विधामा तालिम र प्रशिक्षण पूर्व मिस नेवा नेपालहरू नितु डंगोल, प्रजिता श्रेष्ठ, युनिसा शाहीलगायतसँग लिइरहेको आयोजक नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी दिइन् ।
नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्दै नेवार समुदायको युवतीको प्रतिभा निखार्ने उदेश्य कार्यक्रमको रहेको मानन्धरको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण