डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडे
बुधबार, ०७ माघ २०७७, २० : १३
एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ सुरु हुने केही घण्टाअघि डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडेका छन् । ट्रम्प आफ्नो घर फ्लोरिडातर्फ लागेका छन् । निवर्तमान हुँदै गरेका राष्ट्रपति ट्रम्प एन्डुज एयरबेसबाट फ्लोरिडातर्फ लागेका हुन् । विदाई भाषणमा ट्रम्प र उनकी पत्नी मेलेनियाले अमेरिकी नागरिकहरुलाई धन्यवाद दिएका छन् ।यद्यपि, ट्रम्पले आफ्नो विदाई भाषणमा आफ्नो फिर्तीको संकेत गरेका छन् ।
उनले नयाँ प्रशासनलाई बधाई दिँदै केही नयाँ काम गर्ने आधारहरु रहेको बताएका छन् । नवनिर्वाचित राष्ट्रपति बाइडेनले अबका केही घण्टामा ४६ औं राष्ट्रपतिको रुपमा सपथ लिँदैछन् । सपथ समारोहलाई मध्यनजर गर्दै राजधानी वासिङ्गटन डिसीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि गोली प्रहार गर्ने अझै पक्राउ परेनन्
-
पानी खान नपाएपछि गोरखाका उपभोक्ता रित्तो गाग्री लिएर सीडीओ कार्यालयमा
-
यस्तो छ ‘फर्की फर्की’को नयाँ गीत ‘अन्तिम माया’
-
हुम्ला जोड्ने सडक : बजेट ६५ करोडको, १० महिनामा काम भयो ८ करोडको
-
मटिहानीका अग्नि पीडितलाई विशेष राहत प्रदान गर्न कांग्रेस र तमलोपाको माग
-
‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो