सिरम इन्ष्टिच्युटको बीसीजी खोप बनाउने ल्यावमा आगलागी
एजेन्सी । भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाको टर्मिनल–१ को चौथो र पाँचौ तलामा भीषण आगलागी भएको छ । यस ल्याबमा टिबीबाट बचाउनका लागि लगाइने बीसिजी खोप बनाउने गरिन्छ । प्राप्त समाचारअनुसार आगलागीबाट कुनै नोक्सानी भएको छैन । भवनबाट चार कर्मचारीहरुलाई सुरक्षित निकालिएको छ भने आगो निभाउनका लागि १० वटा दमकल परिचालन भएका छन् ।
सिरम इन्स्टिच्युटले यही भवन परिसरअन्तर्गत मन्जरी प्लान्टमा कोरोना भाइरसविरुद्धको कोविशिल्ड खोप उत्पादन गरिरहेको छ । रिपोर्टअनुसार कोविशिल्ड खोप उत्पादन गर्ने ठाउँसम्म आगो फैलिएको छैन । त्यसैले यसको उत्पादनमा आगलागीले कुनै असर गरेको छैन ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनेका कम्पनीले संयुक्त रुपमा विकसित गरेको यो खोपलाई भारतमा सिरमले उत्पादन गरेको हो । यो खोप भारतमा प्रयोगमा पनि आइसकेको छ ।
सिरमले के–के बनाउँछ ?
सिरमले पोलियो, डिप्थिरिया, टिटानस, पर्ट्युसिस, एचआईभी, बिसिजी, आर–हेपटाइटिस बी, खसरा, मम्प्स, रुबेलालगायत रोगका खोप बनाउँछ । यस कम्पनीले अहिले कोरोना खोप पनि बनाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण