निरंकुश शासक बन्ने ‘माइन्ड सेट’ का आधारमा संसद विघटन : बाबुराम भट्टराई
बुटवल । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले व्यवस्था भत्काउनका लागि राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा सेटिङ गरेर संसद विघटन गरिएको आरोप लगाएका छन् ।
प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा भट्टराईले व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधिसभा विघटन गरिएको दावी गरे । उनले प्रतिनिधिसभा पुनःस्थापना नभई चुनाव हुन नसक्ने टिप्पणीसमेत गरे ।
संवैधानिक निकाय, सुरक्षा निकायलगायत राज्यका सबै अंग नियन्त्रणमा लिएर प्रधानमन्त्री ओलीले व्यवस्था भत्काउने गरी काम गरेको उल्लेख गर्दै उनले चुनाव गराउने मानसिकता नै नभएको दावी गरे ।
‘चुनाव गर्न होइन, व्यवस्था भत्काउने र निरंकुश शासक बन्न चुनाव घोषणा गरिएको हो,’ उनले भने, ‘ओलीको माइन्ड सेट नै गलत आचरण र चरम महत्वाकांक्षा भएकाले संसद पुनःस्थापना नगरी हुने चुनावबाट कसैको बहुमत आउँदैन र मुलुक संवैधानिक रुपमै सधैंका लागि अस्थिरतामा फस्छ ।’
असंवैधानिक तरिकाले गरिएको संसद विघटनले मुलुक दुर्घटनामा धकेलिएको र देशमा विदेशी हस्तक्षेप बढ्ने खतरा औंल्याउँदै भट्टराईले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेर दुर्घटनाबाट बचाउनुपर्ने बताए ।
प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमलाई सर्वोच्चले नसच्याए तेस्रो जनआन्दोलनको बलमा संसद पुनःस्थापना गर्नुपर्ने उनको भनाइ छ । उनले ओली समूह र कमल थापाको पार्टीबाहेकका सबै राजनीतिक शक्ति एक भएर संयुक्त जनआन्दोलन उठाउनुपर्ने बताए । नेपाली काँग्रेसको अनिच्छा र नेकपा विभाजनको औपचारिक टुंगो नलागेकाले संयुक्त आन्दोलनमा ढिलाई भइरहेको पनि उनले प्रस्ट्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण