बग्दाद हमलाको जिम्मेवारी इस्लामिक स्टेटले लियो
एजेन्सी । बग्दादको एक बजारमा बिहीबार भएको आत्मघाती आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ । बिहीबार भीडभाडयुक्त बजार केही व्यक्तिले आत्मघाती बम पड्काउँदा ३२ जनाको मृत्यु भएको थियो । सिया मुस्लिमलाई लक्षित गरेर बिस्फोट गराइएको आईएसले जनाएको छ ।
बग्दादमा पछिल्लो तीन वर्षयताकै यो सबैभन्दा ठूलो आत्मघाती बिस्फोट हो । यो बिस्फोट केन्द्रीय बग्दादको बाब अल शरीकी कमर्शियल क्षेत्रमा भएको थियो । इराकमा खराब आर्थिक अवस्था र चाडैं चुनाव गराउने निर्णयका कारण अहिले आर्थिक तथा राजनीतिक तनाव छ । बिस्फोटपछि चारैतर्फ रगत नै रगत देखिएको थियो ।
सन् २०१७ को अन्त्यतिर ईराकमा इस्लामिक स्टेट पराजित भएपछि बग्दादमा बम हमला दुर्लभै मात्र हुने गरेको थियो । कुनै समय इस्लामिक स्टेटले पूर्वी इराक र पश्चिम सिरियाको ८८ हजार वर्ग किलोमिटर क्षेत्र कब्जामा लिएको थियो । झन्डै ८० लाख जनसंख्यालाई उसले कडा शासनमा राखेको थियो । युद्ध मैदानमा बिस्तारै कमजोर हुँदै गएको आईएस सन् २०१७ को अन्त्यतिर पराजित भएपनि यसका लडाकुहरु अझै सक्रिय रहेको अन्तर्राष्ट्रिय पर्यवेक्षहरु बताउँछन् ।
गत अगस्टमा संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको रिपोर्टअनुसार सिरिया र ईराकमा १० हजारभन्दा धेरै आईएस लडाकुहरु अझै पनि सक्रिय छन् । उनीहरु विशेषगरी ग्रामिण क्षेत्रमा सक्रिय रहेको र सुरक्षा फौजहरुलाई निशाना बनाइरहेको अन्तर्राष्ट्रिय एजेन्सीहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण