मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिएका अरुणप्रसाद नेपालले शुक्रबार अविश्वासको प्रस्ताव पेश गरेका हुन् । यसअघि पुस १० गते तीन मन्त्रीसहित सत्तापक्षका ४५ प्रदेशसभा सदस्यले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासका प्रस्तावमा मुख्यमन्त्री पौडेललाई पदमुक्त गरी मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यको नाम प्रस्ताव गरिएको छ ।
बैठकमा निवर्तमान मन्त्री नेपाललाई सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्न समय दिएका थिए । निवर्तमान मन्त्री नेपालले अविश्वास प्रस्ताव प्रस्तुत गर्दै कोभिड नियन्त्रणमा प्रदेश सरकारले कुनै भूमिका खेल्न नसकेको, समाजवादोन्मुख काम गर्न नसकेको,अपराध न्यूनीकरण, महँगी नियन्त्रणलगायत काममा ध्यान नपुर्याएको र गरीबी नियन्त्रणमा काम गर्न नसकेको आरोप लगाएका थिए ।
नेकपा प्रचण्ड–माधव समूहका नेपालले सरकारको औचित्यता पुष्टि गर्न चुनौती दिए । निवर्तमान मन्त्री नेपालले सङ्घीताका बारेमा जनमत लिनुपर्ने माग पनि गरे । अविश्वासको प्रस्ताव प्रस्तुतिसँगै प्रदेशसभाको बैठक माघ १९ सम्मका लागि स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
