सुशान्त सिंहको सम्मानमा सडकको नामाकरण
एजेन्सी । बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपूतको सम्मानमा दक्षिणी दिल्लीको एन्ड्रियुजगन्जस्थित एक सडकको नामाकरण हुने भएको छ । दक्षिण दिल्ली नगर निगमले यससँग सम्बन्धित प्रस्तावलाई मन्जुरी दिइसकेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
निगमका पार्षद अभिषेक दत्तले सेप्टेम्बरमा यो सडकको नामाकरण सुशान्तको नामबाट गर्नुपर्ने प्रस्ताव लगेका थिए । एन्ड्रियुजगन्जदेखि इन्दिरा क्याम्पसम्म जाने सडकको एक हिस्साको नाम सुशान्त सिंह राजपूत मार्ग राख्नुपर्ने माग दत्तले राखेका थिए ।
सुशान्त सिंहको ३५ औं जन्मदिनका अवसरमा २१ जनवरीमा यो विषयलाई सार्वजनिक गरिएको हो । १४ जुनमा मुम्बईको बान्द्रास्थित आफ्नो घरमा सुशान्त मृत अवस्थामा भेटिएका थिए । उनले आत्महत्या गरेको आशंका गरिएको छ । जन्मदिनका अवसरमा समर्थकहरुले यी अभिनेतालाई संझदैं उनको असामयिक निधनबारे पनि चर्चा गरेका छन् ।
सुशान्तले पिके, एमएस धोनी– द अनटोल्ड स्टोरी, केदारनाथ,छिछोरेलगायत फिल्ममा अभिनय गरेका थिए । दिल बेचारा सुशान्तको अन्तिम फिल्म हो, उनको मृत्युपछि प्रदर्शनमा आएको यो फिल्म निकै सफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण