काङ्ग्रेस र कम्युनिष्टले लिएको गलत बाटोका कारण मुलुक अधोगतितर्फ लाग्योः कमल थापा
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२र०६३ पछि अबलम्बन गरिएको त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको बताएका छन् । आज मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले काङ्ग्रेस र कम्युनिष्टले लिएको गलत बाटोले मुलुकलाई अधोगतितर्फ लागेकोले अब राप्रपालाई विकल्पको रुपमा स्थापित गर्नुपर्ने आवश्यकता औल्याए। गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न नसक्ने ठोकुवा गर्दै थापाले धर्म,संस्कृति र पहिचान रक्षाको निमित्त नयाँ पुस्ता अग्रसर हुनुपर्नेमा जोड दिए ।
राप्रपा राजासहितको प्रजातन्त्रको पक्षमा रहेको तर निरंकुशताको पक्षमा नभएको स्पष्ट पार्दै उनले अभिभावकको भूमिकामा मात्र राजसंस्था रहने बताए । फरक विचार सहितको राष्ट्रवादी शक्ति निर्माणमा राप्रपा लागिरहेको चर्चा गर्दै थापाले मुकुक बनाउन र बचाउन राप्रपा बलियो हुनैपर्ने विचार व्यक्त गरे। भ्रष्टाचार ,धर्म परिवर्तन, सर्वसत्तावाद र वेरोजगारी अहिलेको प्रमुख समस्या भएको भन्दै थापाले मुलुकलाई निकास दिन सबै शक्ति र विचार अट्ने राज्य प्रणाली आवश्यक भएको बताए। कार्यक्रममा बोल्दै राप्रपा नेता मधु अधिकारिले काङ्ग्रेस कम्युनिस्ट असफल भएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण