प्रचण्डमुक्त देश अहिलेको आवश्यक्ता : मन्त्री साह
रौतहट ।सहरी विकास मन्त्री प्रभु साहले प्रचण्डमुक्त पार्टी र नेपाल अहिलेको आवश्यक्ता रहेको बताएका छन् । तत्कालिन माओवादी द्वन्द्वकालदेखि नै ३० वर्ष पार्टीको अध्यक्ष रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरंकुश भइसकेको मन्त्री साहले जिकिर गरेका हुन् । उनले पटक–पटक बोली फेर्ने प्रचण्ड प्रतिगमनकारी र प्रधानमन्त्री केपी शर्मा ओली अग्रगमनकारी रहेको उनले टिप्पणी गरेका हुन् ।
कुनै पनि काम अगाडी बढाउने उद्देश्य बोकेकाहरु अग्रगमनकारी र कुनै बहानामा काम अवरुद्ध गर्ने तत्त्व प्रतिगमनकारी भएकाले प्रचण्ड नेपाल समुह प्रतिगमनकारी र प्रधानमन्त्री ओली समुह अग्रगमनकारी रहेको मन्त्री साहले स्पष्ट पारेका थिए ।
गृहजिल्ला रौतहटको सदरमुकाम गौर स्थित क्षेत्र १ को नेकपा ओली निकट अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै तत्कालिन माओवादी जनयुद्ध कालदेखिनै प्रचण्डले पटक–पटक बोली फेरेर मधेशीलाई झुक्याएको उनले आरोप लगाएका थिए । ‘नेपाली जनताले स्थिर सरकार र देशको विकासको निमित नेकपालाई झण्डै दुई तिहाईको बहुमत दिएर जिताएका थिए । तर केहीनेता पदको लुलुप्ता र आफनो स्वार्थको निमित ३ वर्षको अवधिमा झण्डै ७० वटा भएको बैठकमा कहिल्यै समृद्धि र विकासको बारेमा कुरो गरिएन । मात्र प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने दाउमा देशलाई बन्दी बनाइयो,’ उनले भने ।
आफनै सरकारको काम कारवाही रोक्ने, अविश्वास प्रस्ताव दर्ता गराउने नेताहरु प्रतिगामी मात्र नभइ अन्तरघाती रहेको मन्त्री साहले बताएका थिए ।
५ वर्षमा हुने पार्टीको महाधिवेशनमा पराजित भएका माधव नेपाल विभिन्न जालझेल गरेर प्रधानमन्त्री बनेको र अहिले कथित अध्यक्ष बनेको उनको भनाइ छ । यस्तै चरित्रको कारण रौतहटका जनताले नेता नेपाललाई उनको औकात देखाइसकेको र अहिले फेरि उनकै कारण पुरै जिल्ला बदनाम भइरहेको मन्त्री प्रभु साहले बताएका थिए ।
देशलाई समृद्ध बनाउने लक्ष्यका साथ अगाडी बढेका प्रधानमन्त्री केपी ओलीलाई असफल बनाउन अहिले केही नेताहरु लागिपरेको बताए । अदालत माथि बिश्वास नगरेर अहिले गाउँ– गाउँका जनतालाई काठमाँडौ लगेर प्रधानन्यायाधीशलाई घुर्की देखाउन खोजेको सहरी विकास मन्त्री प्रभु साहले आरोप लगाए । उनले निर्वाचनमा जनतामाझ जान नेताहरुलाई चुनौती पनि दिए ।
सोही अवसरमा नेकपा कार्यकर्ताहरुले मन्त्री साहलाई ५१ किलोको माला लगाएर स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण