संसद विघटनको विरोध गर्ने देशद्रोही हुन्ः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरु देशद्रोही र जनविरोधी रहेको टिप्पणी गरेका छन् । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद भनेको जागिर होइन तर उनीहरुको तर्क पाँचै वर्ष जागिर खानु पर्छ भनिरहेको हुुनाले संसद विघटन हुँदा उनीहरुमा छट्पटी भएको दावी गरे ।
उनीहरुले अर्काका इशारामा देशमा अस्थिरता ल्याउन थालेका कारण आफूले जनताको मत लिनका लागि संसद विघटन गरेको दावी गर्दै प्रधानमन्त्री ओलीले स्थिरताका लागि ताजा जनादेशमा जानका लागि यो कदम चालिएको दावी गरे । सांसद हुँदा कस्ता–कस्ता काम गरिएका छन्, त्यसको मूल्याँकन जनताले गर्न पाउनुपर्ने बताउँदै उनले अहिले आफ्नो हातमा केही नरहेको सबै जनतालाई सुम्पेको र जनताले सबै मूल्याङ्कन गर्ने धारणा राखे ।
उनले भने, ‘मैले गरेको काम जनताले मूल्याङ्कन गरुन र अरुले के गरेका छन् त्यसको मूल्याङ्कन पनि जनताले गरुन् भनेर नै यो कदम चालिएको हो, त्यसैले बैशाखमा हुने चुनावमा यस्ता देशद्रोहीलाई ठेगान लगाउन आग्रह गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण