‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गरिने
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित डिजिटल नेपाल फ्रेमवर्कसम्बन्धी अन्तरक्रियामा सरकारका प्रवक्ता गुरुङले नेपाललाई विकसित र शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धा गरेर अघि बढ्नका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिए ।
उनले डिजिटल नेपाल फ्रेमवर्क रुपान्तरणकारी कार्यक्रम भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने गरी सरकारलाई सहयोग गर्न सरोकार निकायलाई आग्रह गरे । मन्त्री गुरुङले भने, “सूचना र प्रविधिका क्षेत्रमा पनि विकसित र शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धा गरेर अघि बढ्नाको विकल्प छैन, सूचना र प्रविधिको विकासका लागि सरकारलाई सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गर्दछु ।”
मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाउन सरोकार निकायसँगको सहकार्यमा जोड दिइने नीति लिएको बताउँदै सरकारले सूचना र प्रविधि क्षेत्रको विकासका लागि अन्तरराष्ट्रियस्तरको ‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिए । मन्त्री गुरुङले विज्ञको रायसुझाव ग्रहण गरेर सूचनाप्रविधिको विकासको कामलाई तीव्रता दिन मन्त्रालयले विज्ञको रोष्टर बनाउने कामलाई अन्तिम चरणमा पुर्याएको पनि जानकारी दिए ।
सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन सरोकार निकायसँग सहकार्य गरेर अघि बढ्न मन्त्रालय तयार रहेको बताए । विज्ञले सूचना प्रविधिको विकासका लागि कानूनी, नीतिगत र लगानीमैत्री वातावरण निर्माण गरिदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण