दक्षिणकालीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु
बुधबार, १४ माघ २०७७, १२ : ०३
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–९ हुमानेमा मंगलबार राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गएराति साढे ८ बजे थाहाखेलबाट फर्पिङतर्फ आउँदै गरेको बा३ख ६१९९ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको हो ।
ईलाका प्रहरी कार्यालय फर्पिङका अनुसार मृत्यु हुनेमा ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–४ बज्रबाराहीका ३१ वर्षीय मोहनलाल रुम्बा र परिचालक अछाम घर भई काठमाडौंको दक्षिणकाली बस्ने २८ वर्षीय गोमबहादुर बुढा छन् ।
ट्राफिक पोस्ट फर्पिङका प्रमुख प्रहरी नायव निरीक्षक ताराबहादुर चन्दका अनुसार ओरालोमा ब्रेक फेल भएर अनियन्त्रित ट्रक सडकबाट तल खसेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण