आज पहिलो दिन देशभर ९ हजार ८४ जनाले लगाए कोरोनाविरुद्धको खोप
बुधबार, १४ माघ २०७७, १९ : १८
काठमाडौं । नेपालमा कोभिड १९ खोप अभियान अन्तर्गत आज पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलुका ५ बजेसम्म ६४ जिल्लाका ९३ खोप केन्द्रहरुमार्फत ९ हजार ८४ जनाले खोप लगाएका हुन् ।
जसमध्ये प्रदेश १ मा १२५५, प्रदेश २ मा ७२६, वाग्मतीमा २६९४, गण्डकीमा १८४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १०८२ जनाले खोप प्राप्त गरेका छन् । मन्त्रालयले खोप अभियानको पहिलो दिनमा खोप लगाउने सबै व्यक्ति तथा सेवा प्रदायकहरुको स्वतस्फूत र उल्लेख्य सहभागिताका लागि धन्यवाद दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण