गैह्रिधारा चोकमा सेमी पोर्टेबल ट्राफिक लाइटको प्रयोग गरिने
काठमाडौं । काठमाडौँको गैह्रिधारा चोकमा सेमी पोर्टेबल ट्राफिक लाइटको प्रयोग गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा सनराइज बैंक लिमिटेडले निर्माण गरेको सेमी पोर्टेबल ट्राफिक लाइट गैह्रिधारामा प्रयोग गरिने भएको हो । बिहीबार सनराइज बैंक लिमिटेडले एक कार्यक्रमकाबीच महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सेमी पोर्टेबल ट्राफिक लाइट हस्तान्तरण गरेको छ ।
उक्त ट्राफिक लाइट गैह्रिधारा चोकमा राखिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईले बताए । अबको शहर ट्राफिक प्रहरीले हात हल्लाएर मात्रै नचल्ने भन्दै उनले आगामी दिनमा महानगरलाई सभ्य सहर बनाउन प्रविधिको प्रयोगलाई बढाउने बताए । ट्राफिक लाइटले गैह्रिधारा चोकलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने उनले विश्वास व्यक्त गरे ।
सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक लाइट निर्माण गरिएको बताए । यसले ट्राफिक नियमको पालना गराउन मद्दत पुग्ने तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने शर्माको भनाई छ । पौडेलले अन्य सामाजिक कार्यमा पनि बैंकले हातेमालो गर्दै जाने प्रतिबद्धता समेत जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण