लकडाउनका बेला यात्रा गरेको भन्दै बेलायती प्रधानमन्त्रीको आलोचना
एजेन्सी । लकडाउनका बेलामा यात्रा गरेको भन्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सर्वत्र आलोचना भएको छ । उनले लकडाउनका बेला स्कटल्याण्डको भ्रमण गरेर कोभिड–१९ नियन्त्रणका लागि बनाइएको कानुनको उलङ्घन गरेको भन्दै सर्वत्र आलोचना भएको हो ।
कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि बेलायतमा अहिले देशभरी नै लकडाउन लागू गरिएको छ । उनले लकडाउनको उल्लङ्घन गरेको धेरैको टिप्पणी छ । विश्वमै सबैभन्दा पहिला कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको बेलायतमा अहिले पनि दैनिक हजारौ सङ्क्रमित भएका छन् भने सयौँको मृत्यु भइरहेको छ ।
आलोचकहरुले कडा लकडाउनको बेलामा प्रधानमन्त्री जोनसनले राजनीतिक शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । स्कटल्याण्डका मुख्यमन्त्री निकोलस स्टुर्गेनले पनि प्रधानमन्त्री जोनसनको भ्रमण अत्यावश्यक नभएको बताएका छन् । स्टुर्गेनले दिएको अभिव्यक्तिका कारण पनि प्रधानमन्त्री जोनसनको भ्रमणको आलोचनाले चर्चा पाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण