कोरोनाको नयाँ भ्याक्सिनः ८९ प्रतिशत प्रभावकारिता भएको नोभाभ्याक्स नयाँ भेरियन्टमा पनि असरदार
कोभिड–१९ को नयाँ भ्याक्सिन बेलायतमा गरिएको व्यापक ट्रायलमा ८९.३ प्रतिशत प्रभावकारी भएको बताइएको छ ।
नोभाभ्याक्स नाम दिइएको यो भ्याक्सिन बेलायतमा भेटिएको कोरोनाभाइरसको नयाँ भरियन्टका लागि असरदार हुने पहिलो भयाक्सिन भएको बीबीसीका मेडिकल सम्पादक फेर्गस वाल्सले जानकारी दिए ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यो सुखद खबरलाई स्वागत गर्दै बेलायतका औषधि नियामकहरुमा यो खोपको पहुँच हुने बताएका छन् ।
बेलायतले यो भ्याक्सिनको ६ करोड डोज आफ्ना लागि सुरक्षित गरेको छ ।
औषधी तथा स्वास्थ्य सेवा नियामक एजेन्सी (एमएचाआरए) ले प्रयोगका लागि मञ्जुरी दिएको अवस्थामा यी खोप ६ महिनापछि उपलब्ध हुने आशा राखिएको छ ।
बेलायतले कोरोनाभाइरसका तीनवटा भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि मञ्जुरी दिएको छ । एउटा अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाको, अर्को फाइजर र बायोएनटेकको र तेस्रो औषधी कम्पनी मोडर्नाको ।
नोभाभ्याक्स खोप बेलायतमा गरिएको तेस्रो चरणको ट्रायलमा ८९.३ प्रतिशत प्रभावकारी देखिएको हो । यसमा १८ देखि ८४ उमेर समूहका १५ हजार व्यक्तिको सहभागिता थियो । नोभाभ्याक्सका अनुसार यीमध्ये २७ प्रतिशत ६५ वर्ष माथिका थिए ।
कोरोनाभाइरसको अफ्रिकन भेरियन्टको दबदबा भएको दक्षिण अफ्रिकामा एचआईभी नभएकाहरु बीच गरिएको ट्रायलमा यो खोप ६० प्रतिशत प्रभावकारी रह्यो ।
नोभाभ्याक्सका मुख्य कार्यकारी स्ट्यान इर्कले बेलायतको ट्रायलबाट पाइएको नतिजालाई शानदार र आफूले सोचेको जस्तै राम्रो नतिजा आएको बताउँदै दक्षिण अफ्रिकाको नतिजा भने जनताले आशा गरेभन्दा माथि रहेको बताए ।
बेलायतका स्वास्थ्य सेक्रेटरी म्याट ह्यानककले खोप स्विकृत भएको खण्डमा नेशनल हेल्थ सर्भिस खोप आपूर्ति गर्नका लागि तयार भएको जानकारी दिए ।
उनले भने, ‘यो सकारात्मक समाचार हो । स्वास्थ्य नियामकले स्विकृत गरिदिए नोभाभ्याक्स भ्याक्सिन हाम्रो खोप अभियानका लागि महत्वपूर्ण बढावा हुनेछ र यो भाइरसलाई नष्ट गर्नका लागि अर्को हतियार हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण