ओली गुटमा बिजोग र बेहाल छ: अध्यक्ष नेपाल
विराटनगर । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओली गुटमा विजोग र बेहाल छाएको बताएका छन् । शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली गुटको औचित्य समेत समाप्त भइसकेको बताए । ‘ओलीे गुटको कुनै काम छैन । ओली कहिल्यै पनि रचनात्मक काम गर्दैनन् । नेपाली जनताको बलिदानले बनाएको संविधानलाई ओलीले घाँटी रेट्ने काम गरे’ अध्यक्ष नेपालको भनाई छ ।
उनले पार्टीमा तमासा गर्ने अरु कोही नभएर केपी ओली नै भएको पनि बताए । ‘उनी पार्टीको विधि पनि मान्दैनन्, संविधान पनि मान्दैनन, उनलाई पार्टीको मतलब छैन । उहाँ कम्युनिस्ट आन्दोलन, लेकतन्त्र गणतन्त्र सिध्याउन चाहानुहुन्छ । उहाँ बनाउने होइन विगार्न चाहानुहुन्छ’ नेपालको भनाई छ ।
अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीमा कोही पनि सुप्रिम नहुने भन्दै यदि कोही सुप्रिम हुन खोजे त्यो तानाशाह हुने बताए । उनले ४४१ जना केन्द्रीय सदस्य रहेको नेकपामा ओलीको पक्षमा सय जना मात्रै रहेकोले ३ सय भन्दा बढी सदस्य रहेको पक्ष नै मुल पार्टी हुने र त्यो मुल पार्टी प्रचण्ड र आफुले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दावी गरे ।
‘नेकपाको मुल पार्टी यहि हो । सूर्य चिन्ह पनि यही नेकपाको हुन्छ ढुक्क हुनुस्’, कार्यकर्ताहरुलाई नेपालले आश्वस्त पारे । उनले केपी ओलीको गुटमात्र भएकाले त्यो पार्टी नै हुन नसक्ने बताए । उनले केपी ओली कामचलाउ भइसके पनि जथाभावी निर्णय गर्दै हिँडिरहेको आरोप लगाए । ‘हामी न्याय, संविधान, जनताको सुख दुःखमा साथ दिइरहेका छौ । देश र जनताको पीडा र वेदनामा हामी संवेदनशील छौ’ अध्यक्ष नेपालको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण