कविता : सहिद
ए साँल्दाइ
तिम्रो सबै लुटेर लगेजसरी
किन गाली गर्छौ नेतालाई त्यसरी ?
मलाई त
तिमी र नेता उस्तै उस्तै लाग्छ
जसरी तिमी जोतिरहेछौ खेतबारी
त्यसरी नै नेताले जोतिरहेछ राजनीति
जसरी तिमी अन्नको मूल्य उठाउन
जान्छौ बजार बजारमा
त्यसरी नै नेता गइरहन्छ सरकारमा
जसरी तिमी दिँदैनौ
सित्तैँमा तिमीले उब्जाएको अन्न
त्यसरी नै नेताले दिँदैन
उसले कमाएको पैसा गन्न
हो
जसरी तिमी दिँदैनौ
झुपडीको छानो, खेतबारीको एक चानो
करेँसाबारीको तरकारी, धानको भकारी
त्यसरी नै नेताले दिँदैन
उसको महलको भित्ता, घडेरीको कित्ता
आँगनको कार, सुन-चाँदीको शृङ्गार
अनि
नेताले बनाएको महल हेर्दै
किन गाली गर्छौ ? किन सराप दिन्छौ ?
न त उसले तिमीलाई चलाएको छ
न तिम्रो पुत्ला बनाएर जलाएको छ
तिमी नै
उसले चुनाव हारोस् भन्छौ
उसकै पुत्ला बनाएर जलाउँछौ
उसले
तिम्रो के चोरेको छ ? कि घर फोरेको छ ?
जसरी तिमीले भुस मिसायौ बेच्ने धानमा
उसले अन्योलता मिसायो संविधानमा
त्यसैले
तिमी र नेता उस्तै उस्तै लाग्छ
तिमीले दियौ होला भोट
चुनावमा त
उसले पनि दिएको थियो पुरानो कोट
हो
चुनावको भेला
ऊ चप्पल लगाएर
उकाली ओराली हिँड्दा थाकेको बेला
तिमीले दियौ होला
पातलो मोही, भुटेको ठेट्ना मकै
उसले पनि त दिएको छ
नयाँ नयाँ नारा, बिना पानी धारा
त्यसैले
तिमी र नेता उस्तै उस्तै लाग्छ
फरक यत्ति हो
तिमी जति नै गाली गरे पनि
खेताला जान्छौ नेताको नाराबाजीमा
नेता
खेताला लाग्दैन तिम्रो खेतबारीमा
फरक यत्ति हो
तिमी सहिद हुन सक्छौ
परिवर्तनको कुनै आन्दोलनमा
नेता
सत्ता भोग गर्नेछ परिवर्तित सिंहासनमा
ए साँल्दाइ
तिम्रो सबै लुटेर लगे जसरी
किन गाली गर्छौ नेतालाई त्यसरी ?
भुवन रोका 'मित्रजी'
खोटाङ, नेपाल
हाल : टोकियो जापान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण