सर्वोच्च अदालतबाट संविधानको संरक्षण हुनुपर्छः बालकृष्ण खाँण
म्याग्दी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सर्वोच्च अदालतबाट संविधानको संरक्षण हुनेमा आफू विश्वस्त रहेकोे बताएका छन् । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा आज नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले संविधान विपरीत गरिएको प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गर्नेमा आफू विश्वस्त रहेको बताएका हुन् ।
कार्यक्रममा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा, उपसभापति माधवप्रसाद रेग्मी, सचिव मिनबहादुर कार्की, महासमिति सदस्य चिरञ्जीवी शर्मा, जिल्ला सदस्य केवी भण्डारी, बेनीनगर सभापति अनोद श्रेष्ठ, युवा व्यवसायी भिम रोका, राष्ट्रिय प्रजातान्त्रिक मगर सङ्घका अध्यक्ष हिरा पुन, महिला सङ्घ अध्यक्ष विमला गौचन, तरुण दल प्रदेश (क) का संयोजक असल केसीलगायतले प्रतिनिधिसभाको विघटन संविधानको मर्म विपरित भएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण