एमाले–माओवादी एकताको घोषणा ५ बजे राष्ट्रिय सभागृहमा
काठमाडौं– एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा सभा आजै साँझ ५ बजे हुने भएको छ ।
घोषणा सभाअघि पार्टी एकताको अन्तिम प्रयासस्वरुप दुवै पार्टीका शीर्ष नेताहरु ललितपुरको एक घरमा गोप्य छलफलमा जुटेका थिए ।
छलफलमा दुवै पक्षका बार्ता समितिका सदस्यहरु सहभागि भएका थिए । जसमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डसहित नेता नरायाकाजी श्रेष्ठ, रामबहादुर थापा, बादल छन भने एमालेका तर्फबाट अध्यक्ष केपी ओली, नेता माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम सहभागि रहेका थिए ।
छलफलमा पाटी एकता संयाेजन समिति गठन गर्ने दुइ दलबीच सहमति भएकाे छ । छलफलपछि नेता नाराणकाजी श्रेष्ठले कार्यगत एकताको संयुक्त घोषणा आजै ५ बजे सभागृहमामा गरिने राताेपाटीलार्इ बताए ।
उनले घोषणा सभामा आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन र पार्टी एकताबारे स्पश्ट पारिने बताए । छलफलमा घोषणा सभामा दुवै पक्षका नेताहरु सहभागि हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण