आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

देशकै सबैभन्दा ठुलो क्षमताको ढल्केबर सवस्टेशनको तयारी पुरा, प्रधानमन्त्रीले भोली उद्घाटन गर्ने

आइतबार, १८ माघ २०७७, १४ : ३९
आइतबार, १८ माघ २०७७

काठमाडौं । देशकै ठुलो क्षमताको ढल्केबर सवस्टेसन पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । माघ १९ (भोली) मा प्रधानमन्त्री केपी शर्मा ओलीले सो सब स्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनमा उर्जामन्त्री टोपबहादुर रायमाझी पनि जाने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले बताए । 

हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ । कुल ४०० र २२० केभी क्षमताको सवस्टेसनमा ३१५ एमभीए क्षमताका तीनवटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर यो सबस्टेशन हाल सञ्चालनमा रहेका नेपालका सबस्टेसनमध्ये सबैभन्दा ठूलो हो । सबस्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न सकिएको छ । 

सोही ठाउँबाट बिजुली आयात समेत गरिरहेको उनले भने ।  यसले विद्युत आयात÷निर्यातमा सहज हुनेछ । माथिल्लो तामाकोशीको विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि देशभित्र नै खपत गर्न सकिन्छ । यदि बढी भए यहि मार्ग प्रयोग हुँदै निर्यात गर्न सकिनेछ । 

ढल्केबर सवस्टेशनको ठेक्का सम्झौता २०१७ डिसेम्बरमा भएको हो । तीन वर्ष लगाएर निर्माण सम्पन्न गरेको यो सवस्टेशनबाट सहजै बिजुली आयात निर्यात गर्न सकिनेछ ।  अब वर्षायाममा बढी भएको बिजुली  ढल््केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप