आइतबारको शेयर बजारमा भारी गिरावट
काठमाडौं । आइतबारको शेयर बजारका भारी अंकले करेक्सन आएको छ । सो दिन बजार परिसूचक नेप्सेमा ५४.७५ अंकले गिरावट आएर परिसूचक २ हजार ३ सय ७० दशमलब ५४ अंकमा झरेको छ । यो दिन बजारमा ८ अर्ब ९७ करोड रुपैयाँ बराबरको १ करोड ६२ लाख कित्ता शेयर कारोबार भएको थियो ।
आइतबार बनारका सबै सूचक तथा उपसूचकहरु घटेका छन् । सबैभन्दा बढी फाइनान्स समूहको परिसूचक ४.४ प्रतिशतले घटेको छ । यसबाहेक बैंकिङ, विकास बैंक, उत्पादनमूलक, लघुवित्त र जीवनबीमा क्षेत्रमा २ प्रतिशत भन्दा मथिको गिरावट देखिएको छ ।
आइतबार १ सय ७५ कम्पनीको कारोबार भएकोमा १ सय ६१ वटा कम्पनीको मूल्य घटेको छ । १० वटा कम्पनीको मूल्य बढ्दा ४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । घट्दो बजारका बाबजुद यो दिन प्रायम लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रोमोटर शेयरको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । रिलायन्स फाइनान्सको मूल्य भने सबैभन्दा धेरै ८.३० प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण