बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

आइतबार, १८ माघ २०७७, १७ : ५१
आइतबार, १८ माघ २०७७

पोखरा । स्याङ्जामा घाँस काट्ने क्रममा रुखबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । स्याङ्जाको हरिनास गाउँपालिका वडा नम्बर ५ की सेती कमिनीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।  गाउँपालिकाको वसन्तडाँडास्थित घर भएकी ६४ वर्षीया महिलाको शनिबार दिउँसो घाँस काट्न निस्केकी निस्केकी थिइन् ।

उनको लडेको अवस्थामा खोल्सामा आइतबार शव भेटिएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु न्यौपानेले जानकारी दिए । घाँस काट्न गएकी सेती राति पनि नफर्केपछि उनको खोजतलास गरिएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप