बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

१२१ घरलाई निःशुल्क ग्यास चुलो र सिलिन्डर

मङ्गलबार, २० माघ २०७७, १६ : ०४
मङ्गलबार, २० माघ २०७७

डोल्पाका एक समाजसेवीले व्यक्तिगत खर्चमा ग्यास चुलो र सिलिन्डर बितरण गरेका छन्। ठूलीभेरी नगरपालिका–३ दुनैमा बस्दै आएका युवा मन बुढाले वडा नं ४ तिप्ला गाउँका १२१ घरधुरीलाई ग्यास चुल्हो र सिलिन्डर वितरण गरेका हुन् । 

व्यक्तिगत नौ लाख ६८ हजार खर्च गरेर नेपालगञ्जबाट सिलिन्डर र चुल्हो ल्याएर वितरण गरेको स्थानीयवासी राजबहादुर बुढाले बताए । सदरमुकाम दुनैस्थित सरस्वती माविका विद्यालय व्यवस्थापन समितिकाअध्यक्षसमेत रहेका बुढाले जिल्लामै नमूना काम गरेको बुढाको भनाइ छ ।

दुर्गम क्षेत्रका महिलाको व्यस्त जीवनशैलीलाई लक्षित गर्दै केही हदसम्म भए पनि राहत मिलोस् भन्ने उद्देश्यले व्यक्तिगतरुपमा चुल्होसहितको सिलिन्डर वितरण गरिएको युवा बुढाले बताए । 

त्यतिमात्र नभई प्रत्येक दिन चाहिने दाउराको स्रोत जङ्गल नै भएकाले स्थानीयवासीको जङ्गलप्रतिको परनिर्भता घटाई वन विनाश रोक्न पनि यो कदम चालिएको बुढाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप