दबाब र हुलबाट होइन, प्रमाणले न्याय दिने हो : न्यायाधीश हरिकृष्ण कार्की
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले दबाब र हुलबाट नभई प्रमाणले न्याय दिने बताएका छन् । पछिल्लो समयमा न्यायाधीशमा तनावको वातावरण सिर्जना भएको पनि उनले बताए । ‘अहिले अदालतमा कुनै मुद्दा आउँदा त्यसको पक्ष/विपक्षमा जुलुस र प्रदर्शन हुन्छ, ‘उनले भने, ‘न्यायाधीशले मिसिल हेर्ने कि, कानून हेर्ने कि जुलुस हेर्ने ? कसरी न्याय दिने ?’
मंगलबार वीरेन्द्रनगरमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रम उनले न्यायापालिकामा हुन सक्ने विकृति र अनियमितता रोक्न प्रभावकारी रुपमा कदम चाल्नुपर्नेमा जोड दिए । उनले भने, 'न्यायापालिकामा विकृति र अनियमितता तथा बिचौलियाबाट हुनसक्ने क्रियाकलाप र त्यसको रोकथामका प्रभावकारी रुपमा कदम चाल्नुपर्ने देखिन्छ ।'
सो कदमका लागि चाल्नुपर्ने प्रभावकारी उपायहरुको सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्न गठित समितिका संयोजकसमेत रहेका कार्कीले न्यायालयलाई प्रभावित गर्नेतर्फ नभई सचेतना दिने काम गर्न र न्याय दिलाउन आवश्यक सल्लाह दिन अनुरोध गरे ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाबारे पत्रकारको प्रश्नमा उनले भने ,‘ सर्वोच्चमा विचाराधीन मुद्दा रहेकोले अहिले बोल्न मिल्दैन ।अदालत संविधानको व्याख्याता मात्र हो । हाम्रो संविधानमा सबै क्लियर छ । क्लियर नभएको हकमा अन्यत्रको अभ्यासलाई आधार बनाएर फैसला हुन सक्छ । यसको मतलब संविधानमा लेखिएका बाहेक शब्द थप्ने र हटाउने काम अदालतले गर्दैन टेक्ने काम मात्र गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जहाँ पुलमुनि ठडिएका छन् दर्जनौँ आवासीय भवन
-
भोलिदेखि निजी अस्पतालमा उपचार थप महँगो, बिरामीमाथि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’को भार
-
ट्विटरको डीएमदेखि विवाहसम्म: निक र प्रियंकाको पहिलो कुराकानीको स्क्रिनसट भाइरल
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
-
अन्तिम समयमा बढेर बन्द भयो सेयर बजार
-
सुकुम्बासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण