डोल्पामा लागु औषधसहित दुई जना पक्राउ
मङ्गलबार, २० माघ २०७७, १९ : २८
सुर्खेत । कर्णालीको हिमाली जिल्ला डोल्पामा लागु औषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालयको चेक प्वाइन्टमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार पक्राउ पर्नेमा रुकुमपश्चिम चौरजहारी नगरपालिका–३ का रेशम मल्ल र जाजरेकाट भेरी नगरपालिका–४ का २२ वर्षीय यमराज शाह रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई चेकजाँच गर्दा नाइट्राभेट ट्याब्लेट पत्ता नौ थान, बायोट्राम ट्याब्लेट ३२ थान र लिकुफ ट्याब्लेट पाँच थान सहित पक्राउ गरिएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्विटरको डीएमदेखि विवाहसम्म: निक र प्रियंकाको पहिलो कुराकानीको स्क्रिनसट भाइरल
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
-
अन्तिम समयमा बढेर बन्द भयो सेयर बजार
-
सुकुम्बासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र, तस्बिरमा हेर्नुहोस्
-
प्रदेशहरूमा अहिले सत्ता समीकरण फेर्नु ठिक होइन: प्रकाश बराल
-
आमिर खानको तेस्रो विवाहलाई लिएर भारतमा विवाद: कतै पुत्ला दहन, कतै फतवा जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण