बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अमेजनका संस्थापक जेफ बेजोसले छोड्नेछन् कार्यकारी अधिकारीको पद

बुधबार, २१ माघ २०७७, ०९ : ५२
बुधबार, २१ माघ २०७७

ई कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोसले कम्पनीको मुख्य कार्यकारी अधिकारी (सीइओ) को पद छोड्ने निर्णय गरेका छन् । 

उनको स्थानमा एन्डी जेसी कम्पनीको सीइओ बन्नेछन् । एन्डी हालको समयमा अमेजनको क्वाउड कम्प्युटिङ बिजनेसको नेतृत्व गरिरहेका छन् । 

कम्पनीको तर्फबाट जारी बयानमा यो परिवर्तन सन् २०२१ को जून महिनापछि लागू हुनेछ । त्यसपछि जेफ बेजोस कार्यकारी अध्यक्षको रुपमा कम्पनीको काम हेर्नेछन् । 

जेफ बेजोसले करिब ३० वर्ष अघि आफ्नो एक ग्यारेजमा यो कम्पनी सुरु गरेका थिए । 

सीइओको पद छोडेको र नयाँ भूमिकाबारे उनले भने, ‘यो कदम अन्य भेन्चर्समा समय दिन र ऊर्जा लगाउनमा मद्दतगार साबित हुनेछ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप