बन्दमा यातायात–व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह (विज्ञप्तिसहित)
बुधबार, २१ माघ २०७७, २० : १३
सरकारले प्रचण्ड–नेपाल पक्षको बन्दमा सबै सेवा निर्वाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ । गृह मन्त्रालयले दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा निकायबाट सुरक्षा व्यवस्था मिलाइएको भन्दै यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीलाई निर्धक्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको हो ।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बुधबार जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका अबाञ्छित गतिविधि गरिएको पाइए कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेका छन् ।
प्रचण्ड नेपाल समूहले भने बन्दलाई प्रभावकारी बनाउन बिहानैदेखि चोकचोकमा नेता कार्यकर्ता परिचालन गर्ने घोषणा गरिसकेको छ ।
यो पनि...
विज्ञप्ति हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
