कोरोना भाइरसको सङ्क्रमणबाट ब्राजिलमा दुई लाख २७ हजार भन्दा बढीको मृत्यु
बिहीबार, २२ माघ २०७७, १८ : ४०
एजेन्सी । ब्राजिलमा बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप १ हजार २५४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या दुई लाख २७ हजार ५६३ पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ५६ हजार २ जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएपछि ब्राजिलमा कुल सङ्क्रमितको संख्या ९३ लाख ३९ हजार ४२० पुगेको छ । ब्राजिलको साओ पाउलोे सब भन्दा बढी कोरोना भाइरस प्रभावित राज्यको रुपमा रहेको छ ।
विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा रहेको छ । अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । अमेरिकामा कोरोना सङ्क्रमणबाट ४ लाख ६१ हजार भन्दा बढीको मृत्यु भएको छ । भारतमा कोरोना सङ्क्रमणबाट १ लाख ५४ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण