कोरोना भाइरसको सङ्क्रमणबाट ब्राजिलमा दुई लाख २७ हजार भन्दा बढीको मृत्यु
बिहीबार, २२ माघ २०७७, १८ : ४०
एजेन्सी । ब्राजिलमा बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप १ हजार २५४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या दुई लाख २७ हजार ५६३ पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ५६ हजार २ जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएपछि ब्राजिलमा कुल सङ्क्रमितको संख्या ९३ लाख ३९ हजार ४२० पुगेको छ । ब्राजिलको साओ पाउलोे सब भन्दा बढी कोरोना भाइरस प्रभावित राज्यको रुपमा रहेको छ ।
विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा रहेको छ । अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । अमेरिकामा कोरोना सङ्क्रमणबाट ४ लाख ६१ हजार भन्दा बढीको मृत्यु भएको छ । भारतमा कोरोना सङ्क्रमणबाट १ लाख ५४ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल मन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
-
हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत
-
रणवीर र दीपिकाको सम्बन्ध बिग्रिएको हो ? हट्यो बिहेको फोटो
-
भारत भ्रमणमा मालदिभ्सका विदेश मन्त्री, सुध्रिएला सम्बन्ध ?
-
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त, आजै शपथ
-
पाकिस्तानको ग्वादरमा आतङ्कवादी हमला, सात मजदुरको मृत्यु