देश बनाउने लक्ष्य थियो, ओलीले जालझेल गरे: प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीकै कारण देश अँध्यारो सुरुङतर्फ गएको दावी गरेका छन् । शुक्रबार ललितपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘कम्युनिस्ट पार्टीको एकतापछि देश बनाउने लक्ष्य थियो । तर, केपीको नियत जालझेल मात्रै रहेछ ।’
उनले सहि विचार र नेतृत्व भए सामन्तवाद पराजित गर्न सकिने भन्दै ‘नेतृत्वको विचार गलत हुँदा सबै बिग्रिएको’ बताए । उनले सात दशक लडेर ल्याएको संविधान र संघीयता ओलीका कारण नै संकटमा पुगेको दावी गरे । ‘देश अँध्यारो सुरुङमा गयो ओलीका कारण । वाम गठबन्धन गर्दा हामीले अहिलेको दिन आउला भन्ने सोचेका थिएनौँ’ प्रचण्डले भने, ‘संविधान र लोकतन्त्रको रक्षाका लागि जनतासँग जोडिएर आन्दोलनमा जानुको विकल्प छैन भनेर आन्दोलनमा गयांै ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण