बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

सर्लाहीमा साढे छ हजारलाई कोरोना भाइरसविरुद्धको खोप

आइतबार, २५ माघ २०७७, १० : ०९
आइतबार, २५ माघ २०७७

सर्लाही–सर्लाहीमा कोरोना भाइरसविरुद्धको खोपको पहिलो चरणको अभियान शनिबार सकिएको छ । 

जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कार्यालय सहयोगी तथा सरसफाइकर्मी, महिला स्वयंसेविका, एम्बुलेन्स चालक, शववाहन चालकलगायतलाई खोप लगाइएको जिल्ला जनस्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ ।

अभियानअन्तर्गत पहिलो चरणको १० दिनमा अग्रपङ्क्तिमा खटिने सबैलाई खोप लगाउने तय गरिए पनि शनिबार थप एक दिन समय थपिएको जिल्ला जनस्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ । जिल्लामा अभियानअन्तर्गत पहिलो चरणमा दुई हजार ९७६ ले खोप लगाएका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमानित तथ्याङ्कअनुसार जिल्लास्थित २० वटै स्थानीय निकायमा अग्रपङ्क्तिमा काम गर्ने झण्डै छ हजार ६३९ रहेका जिल्ला जनस्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ ।

लक्ष्यअनुसार खोप अभियानको पहिलो चरण सफल भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रशासक श्रवण नायकले बताए । जिल्लाबाट कोरोनाविरुद्धको सात हजार डोज खोप माग गरिएकामा पाँच हजार ३०० डोजमात्र प्राप्त भएको थियो । 

अब आज आउने लिखित निर्देशनअनुसार बाँकी रहेको खोपलाई सर्लाहीमै भण्डारण गरेर राख्ने वा केन्द्रलाई फिर्ता पठाउने भन्ने निर्णय गरिने उनले बताए । 

सर्लाहीमा अहिलेसम्म खोप लगाएका कोहीमा कुनै पनि किसिमको स्वास्थ्य समस्या नदेखिएको जनस्वास्थ्य प्रशासक नायकले बताए । पहिलो डोज खोप लगाएका व्यक्तिले अब २८ दिनपछि फेरि दोस्रो डोज लगाउनुपर्ने छ । 

अघिल्लो बुधबार अर्थात् यही माघ १४ गतेबाट सर्लाहीसहित देशभर शुरु गरिएको पहिलो चरणको अभियान शनिबार अन्त्य भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप