खोप उत्पादन गर्ने तीन विदेशी कम्पनीद्वारा औषधि व्यवस्था विभागमा निवेदन
काठमाडौं । कोभिड—१९ (कोरोना भाइरस) विरुद्धको खोप उत्पादन गरिरहेका तीन विदेशी कम्पनीहरूले नेपालमा खोप उपलव्ध गराउन औषधि व्यवस्था विभागमा निवेदन दिएका छन् । कोरोनाविरुद्धको खोप उत्पादन गरिरहेका चीनको सिनोफाम, भारतीय कम्पनी भारत बायोटेक र स्पुतानिक भी खोप उत्पादन गरिरहेको रुसी कम्पनीले विभागमा निवेदन दिएका हुन् ।
कम्पनी दर्ता प्रक्रियामा आएका तीन देशका कम्पनीसँग विभागले थप कागजात माग गरेको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले जानकारी दिए । विभागमा अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिशिल्ड खोप आपतकालीन प्रयोगका लागि दर्ता भइसकेको छ ।
कोभिशिल्ड खोप आपतकालीन प्रयोगका लागि दर्ता भएपछि भारत सरकारको अनुदान सहयोगमा १० लाख डोज खोप हाल फ्रन्टलाइनमा रहनेहरूलाई लगाइने कार्यक्रम जारी छ । विभागले कोभिड—१९ विरुद्धको खोप प्राप्त गर्न चाहने उत्पादक वा आधिकारिक आयातकर्ताले आवश्यक कागजातसहित आपतकालीन प्रयोगका लागि दर्ता अनुमतिका लागि आवेदन बुझाउन यस अघिनै सूचना जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण