शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सनराइज बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त

बुधबार, २८ माघ २०७७, १४ : ३४
बुधबार, २८ माघ २०७७

काठमाडौं । सनराइज बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । शर्माले बुधबारबाटै कार्यभार सम्हालेका छन् । 

जनक शर्मा पौडेलले मंगलबार दिएको राजीनामा स्वीकृत भएलगत्तै बैङ्कले शर्मालाई नियुक्त गरेको हो । यसअघि शर्मा माछापुच्छ्रे बैङ्कको प्रमुख कार्यकारी अधिकृत थिए । माछापुच्छ्रे बैङ्कमा कार्यभार बाँकी छँदै गत फागुनमा उनी बाहिरिएका थिए । 

बैंकिङ्गमा क्षेत्रमा करिब २२ वर्षको अनुभव भएका शर्मा माछापुच्छ्रे बैङ्क अगाडि ग्लोबल आईएमई बैङ्कमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । सन् १९९७ मा नेपाल एसबीआई बैंकमा अधिकृत स्तरबाट बैंकिङ्ग करियर सुरु गरेका शर्माले एनएमबि बैंकको सहायक महाप्रबन्धक भएर पनि काम गरिसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप