सनराइज बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त
काठमाडौं । सनराइज बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । शर्माले बुधबारबाटै कार्यभार सम्हालेका छन् ।
जनक शर्मा पौडेलले मंगलबार दिएको राजीनामा स्वीकृत भएलगत्तै बैङ्कले शर्मालाई नियुक्त गरेको हो । यसअघि शर्मा माछापुच्छ्रे बैङ्कको प्रमुख कार्यकारी अधिकृत थिए । माछापुच्छ्रे बैङ्कमा कार्यभार बाँकी छँदै गत फागुनमा उनी बाहिरिएका थिए ।
बैंकिङ्गमा क्षेत्रमा करिब २२ वर्षको अनुभव भएका शर्मा माछापुच्छ्रे बैङ्क अगाडि ग्लोबल आईएमई बैङ्कमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । सन् १९९७ मा नेपाल एसबीआई बैंकमा अधिकृत स्तरबाट बैंकिङ्ग करियर सुरु गरेका शर्माले एनएमबि बैंकको सहायक महाप्रबन्धक भएर पनि काम गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण