आज ४ सय ९ जनाले लगाए कोरोना विरुद्धको खोप
बुधबार, २८ माघ २०७७, १९ : १८
काठमाडौं । आज ४ सय ९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीसहित ४ सय ९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका हुन् । जसमा २ सय ६९ पत्रकार र १ सय ४० जना कुटनीतिक नियोगका कर्मचारी सहभागी थिए ।
सिभिल अस्पतालमा २ सय ६९ जना पत्रकारले खोप लगाएका छन् भने त्रिवि शिक्षण अस्पतालमा १ सय ४० जना कुटनीतिक नियोग तथा दूतावासका कर्मचारीले खोप लगाएका छन् । त्यस्तै युएन एजेन्सीका लागि तोकिएको पाटन अस्पतालमा तीन दिनको अवधिमा ११ जनाले मात्रै खोप लगाएका छन् ।
यसअघि सोमबार र मंगलबार क्रमशः २ सय २६ र ३ सय २० जना पत्रकारले खोप लगाएका थिए । सरकारले सोमबारबाट पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरेको हो । खोप कार्यक्रम शुक्रबारसम्म सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण