सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा यौन अपराधभन्दा कोभिड विरुद्धको नियम कडा

बुधबार, २८ माघ २०७७, २२ : ३८
बुधबार, २८ माघ २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणका लागि पछिल्लो समयमा जारी गरिएको कानुन निकै कठोर भएको अधिकारीहरुले बताएका छन्  । आउँदो सोमबार अर्थात १५ फेब्रुअरीबाट कोभिडको नयाँ भेरियन्टका कारण ‘रेड जोन’ मा रहेका विभिन्न ३३ वटा मुलुकबाट बेलायत भित्रिने पर्यटकहरुको लागि थप नयाँ नियम लागू गरिने स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले मंगलबार बताएका थिए ।

नयाँ नियमअनुसार १० हजारसम्म जरिवाना र १० वर्षसम्म कैदको व्यवस्था अगरिएको छ । जुन नियम बाल यौन अपराध तथा अन्य जघन्य अपराधभन्दा पनि कडा भएको बताइएको छ । ३३ वटा सूची अन्तर्गतका मुलुकबाट बेलायत आएका यात्रुहरुले झुट्टा विवरण पेश गरेमा १० वर्षसम्म  जेल सजाय भोग्नुपर्नेछ ।

‘रेड जोन’ अन्तर्गतका पोर्चुगल, ब्राजिल र साउथ अफ्रिका लगायतका मुलुकबाट हप्तामा एक हजार तीन सयभन्दा बढी मानिसहरु बेलायत आउने गर्दछन् । बेलायती  यातायात मन्त्री ग्राण्ड शेपले जघन्य अपराधको भन्दा पनि कडा कानुन भएको बताएका छन् । यस्तै यौन दुराचार वा हातहतियार प्रयोग भएका गम्भिर घटनामा संलग्न रहेकालाई भन्दा अझै ठूलो सजाय अव्यवहारिक रहेको बताएका छन् । पूर्व एमपी डोमिनिक ग्रीभले यस्तो कानुन कसैलाई पनि दिन नमिल्ने र अदालतले पनि यसलाई लाद्न नसक्ने बताएका छन् । 

यसैगरी  जोखिमयुक्त्त मुलुकहरुबाट बेलायत फर्किएका यात्रुहरुले १० रातसम्म अनिवार्य होटल क्वारेन्टिन् बस्नुपर्नेछ । होटल क्वारेन्टाइनमा बस्दाको खर्च वापत १७५० पाउण्ड स्वयंले व्यहोर्नुपर्ने छ । अनिवार्य होटेल क्वारेन्टिन् आवश्यक पर्ने बेलायतको सूचीमा नेपाल भने छैन । १५ फेब्रुअरीबाट लागू हुने गरि बेलायत प्रवेश गर्ने सम्पूर्ण यात्रुहरुले क्वारेन्टाइनको अवधिमा दुईपटक कोरोना परीक्षण गराउनुपर्नेछ । जस अनुरुप होटलमा वा होम आइसोलेशन जहाँ भएपनि यात्रुहरुले बेलायत प्रवेश गरेको दोस्रो र आठौँ दिनमा अनिवार्य आफ्नो कोरोना परीक्षण गराउनुपर्नेछ ।

यसरी गरिने परीक्षण नगरिएको पाइएमा पहिलो परीक्षणको लागि एक हजार र दोस्रो परीक्षणका लागि दुई हजार जरिवाना तिर्नुपर्नेछ । यसका साथै क्वारेन्टिन् अवधि पनि १४ दिन पुर्याइनेछ । फेब्रुअरी १५ तारिखबाट बेलायत भित्रिने प्रत्येक व्यक्तिले कोरोना सम्बन्धि तीनवटा टेस्ट गराउन पर्नेछ । उडान भर्नुअघि ७२ घन्टाको एउटा परीक्षण र बेलायत प्रवेश गरेको दोस्रो दिन र आठौँ दिनमा गरी तीनवटा परीक्षण अनिवार्य गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप