मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

झाँक्रीलाई प्रहरीले घरमै लगेर छोड्छ: सुरेन्द्र पाण्डे

बिहीबार, २९ माघ २०७७, १८ : ०७
बिहीबार, २९ माघ २०७७

काठमाडौं । नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले घरमै लगेर छाड्ने भएको छ ।  नेकपा प्रचण्ड–माधव पक्षका नेता सुरेन्द्र पाण्डेलगायतका नेता र महानगरीय अपराध माहाशाखाका एसएसपी दीपक थापाबीच भएको छलफलपछि प्रहरी झाँक्रीलाई घरमै लगेर छोड्न तयार भएको हो । 

छलफलका क्रममा प्रहरीले जमानी बस्न आग्रह गरेपनि नेताहरुले अस्वीकार गरेका थिए ।  ‘जहाँबाट ल्याएको हो त्यही लगेर छोड्दिनुस् भनेर मैले भनेँ । त्यसमा प्रहरी सहमत भएको छ’, पाण्डेले भने, ‘आजै घरमा लगेर छोड्ने भनेको छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप