बाबुरामको निष्कर्ष: यी तीन कारणले मुलुक संकटतर्फ धकेलियो
काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले मुलुकमा तीनवटा संरचनात्मक कारणले संकट देखिएको बताएका छन् । नेता भट्टराईले अहिलेको संकटको संरचनात्मक कारण र त्यसको दीगो हल कसरी खोज्न सकिन्छ भन्ने विषयमा समेत ३ वटा उपायहरु सुझाएका छन् ।
बिहीबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले नेपालमा संकट निम्तिनुको पहिलो संरचनात्मक कारण विश्वमा नयाँ शितयुद्धको थालनी र नेपालमा त्यसको प्रभाव भएको स्पष्ट पारेका छन् । त्यसका लागि नेपालले बेलैमा नयाँ रणनीति बनाउनुपर्नेमा समेत उनले जोड दिएका छन् ।
त्यस्तै दोश्रो कारण विश्व उत्तर–पुँजीवादी चरणमा रहेको र नेपाल किनारा–पुँजीवादी चरणमा भएकोले संकट निम्तिएको उनको भनाई छ । त्यसका लागि नेपालले विश्वसँग पदचाप मिलाउनुपर्ने उनले बताएका छन् । त्यसैगरी संकटको तेश्रो कारण नेपालमा काँग्रेसमा नवउदारवाद र नेकपामा स्टालिनवादको खच्चड राजनीति देखिएको उनको आरोप छ । त्यसका लागि नयाँ समाजवादी लोकतन्त्रको विकास गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण