अफगान सेनाको कारबाही, १५ तालिवान लडाकू मारिए
शुक्रबार, ३० माघ २०७७, १७ : ५९

एजेन्सी । अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन् । अफगान हवाईबलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सात जना घाइते भएका जनाइएको छ ।
सेनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा तालिबान लडाकू लुकेर बसेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको उल्लेख छ । सेनाले कारबाही मुख्यतः कान्दाहार प्रान्तको आर्घादाब जिल्लामा केन्द्रित भएको जनाएको छ । तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु
-
१४ सरकारी अस्पतालबाट सहुलियतमा क्यान्सरको उपचार हुने
-
बीसीसीआईले कोची टस्कर्सलाई ५३८ करोड भारु क्षतिपूर्ति तिर्नुपर्ने
-
कृषाको ‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेलले अभिनय गर्ने
-
सभामुखले गरे प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल
-
अमेरिकामा ६० खेलपछि कस्तो छ मेस्सी र पेलेको कीर्तिमान ?